विश्वकै उत्कृष्ट क्लब सूचीमा एलओडी ४०औँ स्थानमा, नेपाललाई अन्तर्राष्ट्रिय पहिचान

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लब बेलायतको प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’द्वारा सन् २०२६ का लागि सार्वजनिक गरिएको विश्वका उत्कृष्ट १०० डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा उक्लिएको छ।

    डिजे म्यागले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट सय क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए, जसमा एलओडीले उल्लेखनीय स्थान बनाउन सफल भएको हो।

    एलओडी क्लबको यो उपलब्धिलाई नेपाली मनोरञ्जन उद्योगका लागि ठूलो उपलब्धि मानिएको छ। विश्वस्तरमा प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुले नेपालको नाइटलाइफ र संगीत संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत पुगेको छ।

    एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यस उपलब्धिलाई मुलुककै गौरवको विषय भएको बताएका छन्। “एलओडीको यो पहिचान केवल क्लबको सफलतामा सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,” उनले बताए।

    ठमेल क्षेत्रमा सञ्चालनमा रहेको एलओडी क्लब पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरका डिजे तथा कार्यक्रमहरू आयोजना गर्दै युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar