ट्याक्टरको ठक्करबाट सडकमा खेलिरहेकी बालिकाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौं : कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाैधरीलाई राति पाैने ९ बजेतिर घर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो ।

    ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar