विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गर्यो सम्मान र सिर्जना बाचन कार्यक्रमसहित नयाँ वर्षको सुरुवात

  • कालिका खवर
  • बुधबार, बैशाख २, २०८३
  • काठमाडौं । नयाँ वर्षको सन्दर्भ पारेर सिर्जनात्मक शुभकामना आदानप्रदान गर्ने हेतुले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान काठमाडौले का.म. पा.–२९ घट्टेकुलोमा एक भव्य कार्यक्रम आयोजना गर्यो ।

    स्रष्टा सम्मान, रचना वाचन र पुस्तक विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान नाम दिइएको उक्त कार्यक्रम वरिष्ठ संगीतकार तथा लेखक वुलु मुकारुङको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष वरिष्ठ साहित्यकार गोपिकृष्ण प्रसाईको सभापतित्वमा विभिन्न साहित्यिक, सांगीतिक र सामाजिक संघ संस्थाका अध्यक्षहरु, समाजका गन्यमान्य अति विशिष्ट ब्यक्तित्वहरु, समाजसेवीहरुको बाक्लो उपस्थितिमा चर्चित कविहरुको कविता वाचन समेत सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाइले संस्थाको गतिविधिबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण साहित्यकार अनि साहित्यअनुरागीहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो । त्यसैगरि प्रसाइले सम्मानित स्रष्टाद्धय प्रसिद्ध साहित्यकार जय छाङ्छा राई र समाजसेवी, उद्यमी सजीना बिष्टको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । त्यस लगत्तै प्रमुख अतिथि, संस्थाका अध्यक्ष र विशेष अतिथिद्धारा स्रष्टाद्धय राई र बिष्टलाई भव्य रुपमा सम्मान गरिएको थियो । सम्मानित स्रष्टाद्धयले पनि आ–आफ्ना अवधारणाहरु प्रस्तुत गर्नुभएको थियो ।

    त्यसैगरि संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् प्राज्ञ लक्ष्मी उप्रेती र विमला निरौलाद्वारा संयुक्तरूपमा लेखिएको विलयन काव्य बाल साहित्यको पुस्तक मोबाइलका कुरा लोकार्पण गरिएको थियो । लोकार्पित कृतिको परिचय स्रष्टा लक्ष्मी उप्रतीले र समिक्षा प्रसिद्ध बाल साहित्यकार डा.छायादत्त न्यौपानेले गरेका थिए । संस्थाका सल्लाहकार किशोर उप्रेतीले सहजीकरण गर्नु भएको उक्त कार्यक्रम निकै भब्य सभ्य र उपलब्धिमूलक भएको तथा संस्थाले नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदान स्तुत्य रहेको भन्दै प्रमुख अतिथि वुलु मुकारुङ लगायत अन्य वक्ताहरुले संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रममा पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, उच्च माध्यामिक शिक्षा परिषद्का पूर्वउपाध्यक्ष नारायण प्रसाद कोइराला, विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा गायक ध्रुव नारायण श्रेष्ठ, डा.फणीन्द्रराज निरौला, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार सुरेशजंग शाह,राजनीतिज्ञ खगेन्द्र राज सिटौला, संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईं लगायत अन्य पदाधिकारीहरु तथा सदस्यहरु, शिक्षाविद सोमनाथ निरौला, साहित्यकार तथा संचारकर्मी राजन प्रसाद न्यौपाने, सम्पादक वालिका गिरी, समाजसेवी ऋषिराज ओझा, कलाकार साहित्यकार जीवन श्रेष्ठ, साहित्यकार प्रेमवली ढकलपूरे, समाजसेवी प्रवीण ओझा र ध्रुव प्रसाईं, रङ्गकर्मी राज रजक,साहित्यकारहरु ललिता दोषी, डि.आर राई, अविकेशर वली, प्रकाश समीर, आशिष ऐडि, सीता घिमिरे, उदय चन्द्र दास, परीक्षा कोइराला, राधिका दाहाल, विनोद कुमार श्रेष्ठ, तिर्थराज दाहाल, कोपिला शिवाकोटी, पवन प्रसाई, डा.धिरज प्रसाई, सिता प्रसाइ, निरज प्रसाई, अनमोल प्रसाई, मिना प्रसाई, आयुष प्रसाई, ममता चुडाल लगायत कलाकार, साहित्यकार, समाजसेवी, गायक, संगीतकार, गीतकार आदिको बाक्लो उपस्थितिले कार्यक्रम भब्य र सभ्य देखिन्थ्यो ।

    May be an image of one or more people, people studying and text

    May be an image of one or more people, temple and text

    May be an image of one or more people and text

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar