विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन हुन्न : महावीर पुन

  • कालिका खवर
  • शनिबार, फाल्गुन २३, २०८२
  • काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका महावीर पुनले विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन नहुने बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन हुन्न।

    आउँदो दिनहरूमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नु पर्छ । अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन पर्दैन । मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला। ‘

    एउटा मात्र निर्वाचन क्षत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।

    पुनले  २२ हजार ८५०  मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले  सात हजार ९१९  मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले  ६६७६मत प्राप्त प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३५२९ मत प्राप्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar