सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल सम्पन्न

  • कालिका खवर
  • बिहिबार, फाल्गुन १४, २०८२
  • पोखरा । नेपालको बीमा उद्योगमै पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grande मा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेटको विशेष प्यानल डिस्कोर्स सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गर्नुभएको थियो।

    कार्यक्रममा सिटिजन लिडर्स ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछाने प्यानलिस्टका रूपमा सहभागी रहनुभएको थियो। प्यानल छलफल Success, Career Development, Recruitment तथा Policy Persistence जस्ता बीमा व्यवसायसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण विषयहरूमा केन्द्रित थियो।

    प्यानल छलफलमा टुक बहादुर रानाले पछिल्लो समय बढ्दो व्यतित बीमालेख (Lapse Policy) लाई एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले केवल बिक्रीमा सीमित नहुने, दीर्घकालीन Policy Persistence मा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै post-training follow-up system, self-learning culture, client servicing calendar र renewal reminder mechanism जस्ता व्यावहारिक उपायहरू सुझाउनुभयो। “बिक्रीभन्दा पनि दीर्घकालीन सम्बन्ध निर्माण नै हाम्रो लक्ष्य हुनुपर्छ,” उहाँको धारणा थियो।
    त्यस्तै, ईश्वरी प्रसाद बरालले बीमा क्षेत्रमा आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बीमालाई केवल पेशा नभई सामाजिक जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताउनुभयो। ग्रामीण क्षेत्रमा विश्वासमा आधारित सम्बन्ध, बढ्दो वित्तीय सचेतना र अभिकर्ताको प्रत्यक्ष पहुँचले बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै उहाँले “जहाँ विश्वास बलियो हुन्छ, त्यहाँ बीमा सहज हुन्छ,” भन्ने सन्देश दिनुभयो।

    लक्ष्मी लामिछानेले बीमालाई पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने बताउनुभयो। महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उहाँको भनाइ थियो। “महिलाको संवेदनशीलता र जिम्मेवारीपन नै बीमा व्यवसायको शक्ति हो,” उहाँले जोड दिनुभयो।

    यसैगरी, सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको पहुँच बाहिर रहेको यथार्थ प्रस्तुत गर्दै बीमा विस्तारमा अभिकर्ताको भूमिका निर्णायक हुने बताउनुभयो। अभिकर्ता केवल sales person नभई financial educator, risk advisor र family protector को भूमिकामा रहनुपर्ने उल्लेख गर्दै “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा मिशन बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा आजको आवश्यकता अनुसार अभिकर्ता कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो दृष्टिकोण राख्नुभयो। डिजिटल, सचेत र तुलना गर्ने ग्राहकको युगमा अब केवल policy बेच्ने होइन, professional financial consultant का रूपमा अभिकर्ता रूपान्तरण हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।

    करिब ४० मिनेटको उक्त प्यानल सत्र अत्यन्त प्रभावकारी, प्रेरणादायी र सहभागीमुखी बनेको थियो। छलफलमा उठाइएका विषयहरूले एजेन्सी व्यवसायका पेशागत चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे गहिरो संवादको वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ थियो। कार्यक्रमको सफलतापछि कम्पनीले आगामी दिनहरूमा पनि यस्ता संवादमुखी तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    सिटिजन लाइफ इन्स्योरेन्सले नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकतामा राख्दै बीमा क्षेत्रमा नयाँ अभ्यासहरू स्थापित गर्दै आइरहेको छ। “Citizen Leader Discourse” त्यसैको एक महत्वपूर्ण र दूरदर्शी कदमका रूपमा लिइएको छ।

    उक्त प्यानल डिस्कोर्सको पूर्ण भिडियो तलको लिङ्कमार्फत हेर्न सक्नुहुनेछः
    👉 https://www.youtube.com/watch?v=Cb1voDPYfsc⁠�

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar