टी–२० विश्वकप : नेपालको दोस्रो खेल आज इटालीसँग

  • कालिका खवर
  • बिहिबार, माघ २९, २०८२
  • काठमाडौं । जारी टी–२० विश्वकपको १७ औं खेलमा आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

    विश्वकपमा यो नेपालको दोस्रो खेल हो । नेपाल पहिलो खेलमा इङल्यान्डसँग ४ रनले पराजित भएको थियो । इटालीले पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हार बेहोरेको थियो । नेपाल सुपर ८ मा पुग्नका लागि आज इटालीविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ ।

    विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar