बिदाइ खेलपछि भावुक बने मेस्सी: ‘जीवनभर अर्जेन्टिनाको जर्सी लगाएर खेल्न चाहन्थेँ’

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी आफ्नो बिदाइ खेलपछि भावुक देखिएका छन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट दुई दशकभन्दा बढी समय प्रतिनिधित्व गरेका मेस्सीले देशको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताएका छन्।

    भावुक हुँदै मेस्सीले कठिन परिस्थितिमा समेत आफूले संघर्ष गर्न कहिल्यै नछोडेको र मैदानमा आफ्नो शतप्रतिशत दिने प्रयास गरेको बताए।

    “अब मसँग धन्यवाद दिनुबाहेक केही बाँकी छैन। २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि अत्यन्त गर्वको कुरा हो,” मेस्सीले भने।

    उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट फेरि मैदानमा फर्किन नपाउनु आफूका लागि पीडादायी हुने बताए। साथै, जीवनभर अर्जेन्टिनाको जर्सी लगाएर खेलिरहन चाहेको उनको भनाइ थियो।

    “साँच्चै भन्नुपर्दा, म जीवनभर अर्जेन्टिनाको जर्सी लगाएर खेलिरहन चाहन्थेँ, किनकि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्नु जीवनमा हुन सक्ने सबैभन्दा सुन्दर कुरा हो,” मेस्सीले भावुक हुँदै भने।

    मेस्सीका यी शब्दपछि उनका समर्थकहरू भावुक बनेका छन्। अर्जेन्टिनाको जर्सीमा उनले हासिल गरेका उपलब्धि र देशका लागि दिएको योगदानलाई समर्थकहरूले सामाजिक सञ्जालमार्फत स्मरण गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar