भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

  • कालिका खवर
  • सोमवार, माघ १९, २०८२
  • काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । यसबारे भारतका वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा औपचारिक विनियोजन गरिएको छ ।

    यो अनुदान रकम गत वर्षको बजेटको प्रस्तावभन्दा बढी भएको बताइएको छ । आर्थिक वर्ष २०२४/२५ मा नेपाललाई ७ अर्ब भारू अनुदान दिएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०२३/२४ मा ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । भारतको छिमेक पहिलो नीतिअन्तर्गत यो अनुदान रकम प्रदान गरिएको हो । यसले नेपाली विकास प्रयास, पूर्वाधार, स्वास्थ्य, शिक्षा र आपत्कालीन राहत लगायतका क्षेत्रहरूमा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar