‘टाटा गुरु’ सुभाष शर्मा गम्भीर न्युरोलोजिकल समस्याका कारण उपचाररत

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं । अटोमोबाइल क्षेत्रका अनुभवी तथा सम्मानित व्यक्तित्व ‘टाटा गुरु’ सुभाष शर्मा गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत रहेका छन्।
    ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र अनुभवमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले दीर्घकालीन उपचार आवश्यक परेको छ। यसका कारण उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ।

    यस संवेदनशील अवस्थामा सिप्रदी अटो पार्ट्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदी सहायता’ कार्यक्रममार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको छ। कम्पनीको यस पहलले कर्मचारीप्रतिको जिम्मेवारी, सहकार्य र मानवीय संवेदनालाई स्पष्ट रूपमा उजागर गरेको छ।

    शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिप्रदी अटो पार्ट्सले यस कठिन घडीमा विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई मानवीय आधारमा यथोचित सहयोग गरिदिन अपिलसमेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar