एमएडब्लु वृद्धिद्वारा ‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी ‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका हुन् ।
    नयाँ ईभी सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले इनोभेसन एमएडब्लुको डीएनएमै रहेको बताए । “एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएको छ । दिपल ई०७ ले नेपाली अटो बजारलाई पुनः परिभाषित गर्नेछ,” उनले भने ।

    ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शनमा आधारित ट्रान्सफर्मर एक्सको प्रमुख आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीसी) सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो, जसले भौगोलिक अवस्था अनुसार ग्राउन्ड क्लेरेन्स अधिकतम २२३ एमएमसम्म बढाउन सक्छ । उच्च गतिमा भने ग्राउन्ड क्लेरेन्स स्वचालित रूपमा घटेर गाडीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ ।

    दिपल ई०७ को पहिलो संस्करण गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो । नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँगै लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    लक्जरी सुविधाका हिसाबले ई०७ निकै आकर्षक रहेको कम्पनीको दाबी छ । चारै सिट मसाज, हिटिङ, भेन्टिलेटेड तथा वेलकमिङ फिचरसहित छन् । जिरो ग्र्याभिटी रिल्याक्सेसन मोडले गाडीभित्रको वातावरणलाई व्यक्तिगत वेलनेस लाउन्जमा परिणत गर्छ । पछाडिका यात्रुले ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल, सनसेड तथा सिट फोल्डिङसमेत नियन्त्रण गर्न सक्नेछन् ।
    ८९.९८ किलोवाट–आवरको ब्याट्री प्रयोग गरिएको यस एसयुभीले एकपटकको चार्जमा ५९० किलोमिटर (WLTP) रेन्ज दिन्छ । २४० किलोवाट डीसी फास्ट चार्ज सपोर्ट, ६०० एमएम वाटर वेडिङ क्यापासिटी, V2L एक्सटर्नल पावर आउटपुट र इनर्जी सेभिङ सिस्टमले यसको क्षमता थप बलियो बनाएको छ ।

    अल न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो हेवाइट, ब्ल्याक र ग्रे रंगमा उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar