सुनको मूल्यमा उछाल: एकैदिन ३१ सयले बढ्यो, प्रतितोला २ लाख ६८ हजार नाघ्यो

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा मंगलबार उल्लेख्य वृद्धि भएको छ । भेनेजुएलामा आक्रमण भएसँगै सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।

    यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २९ हजार ८५० रुपैयाँ तोकिएको छ ।

    सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ । चाँदीको भाउ तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १८४ रुपैयाँ कायम गरिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar