टोखाका शैक्षिक धरोहर केशव राज जोशीको निधन, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

  • कालिका खवर
  • शनिबार, पुस १९, २०८२
  • काठमाडौं । टोखा नगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष दीपक राज जोशीका बुबा, टोखाका शैक्षिक धरोहर तथा पहिलो प्रधानाध्यापक केशव राज जोशीको निधन भएको छ। शिक्षा, समाजसेवा र ज्योतिष शास्त्रमा गहिरो योगदान पुर्‍याएका जोशीको निधनले टोखा क्षेत्र शोकमा डुबेको छ।

    स्व. जोशी टोखाका पूर्व प्रधानपञ्चसमेत हुन्। उनले आफ्नो जीवनकालमा शिक्षा विकास, सामाजिक एकता र संस्कार संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। ज्योतिष शास्त्रका ज्ञाताका रूपमा पनि उनी सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

    उनको पार्थिव शरीरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङसहित वर्तमान तथा पूर्व जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा नेपालको झण्डा ओढाई अन्तिम बिदाई गरियो ।
    अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागीले स्व. जोशीको योगदान स्मरण गर्दै टोखाको शैक्षिक र सामाजिक विकासमा उनले पुर्‍याएको योगदान कहिल्यै नबिर्सिने बताए ।

    उनको निधनले टोखाले एक अनुभवी शिक्षक, समाजसेवी र मार्गदर्शक गुमाएको भन्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar