समृद्धिको आकांक्षा पूरा गर्न लगानीको वातावरण बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

  • कालिका खवर
  • बिहिबार, पुस १७, २०८२
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनुपर्ने उनको भनाइ छ ।

    बिहीबार बुटवलमा ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२’ को समापन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण बनाउन नसकिए मुलुकको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताए ।

    उनले प्रदेश सरकारले उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको दाबी गर्दै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गरे । बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।

    महोत्सव पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल राखिएका थिए । महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar