बालेनको प्रस्तावप्रति रास्वपा असहमत

  • कालिका खवर
  • शनिबार, पुस १२, २०८२
  • काठमाडौँ । शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।

    ‘हिजोको दुई पक्षीय बैठकमा बालेनको पक्षबाट ५०–५० प्रतिशत पावर सेयरिङको कुरा आयो त्यसमा सहमत हुन सकिएन, सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भएको छ । तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा आधा हिस्सा दाबी गरिएपछि त्यसमा सहमत हुन सकिएको छैन’ श्रोतको दाबी छ ।

    शुक्रबार वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने भनिएको तर अहिलेसम्म कुनै खबर नआएको रास्वपा पक्षको भनाइ छ । शनिबार बिहान मात्र कुलमान र बालेन समूहबिच छलफल भएको थियो । बिहानको छलफलमा पनि दुवै पक्षले ठोस प्रस्ताव बाहिर ल्याएका छैनन् ।

    रास्वपा पक्षले आज बालनेसँग बस्ने भनिए पनि छलफलको कुनै टुङ्गो नलागेको श्रोतले बताएको छ । ‘हामीले आज कुनै समूहसँग पनि छलफल गरेका छैनौ । रवि र बालेनबिच पनि छलफल हुने कुनै सम्भावना छैन । बालेन पक्षबाट खबर आएमा बस्न पनि सकिन्छ  । समानुपातिकको बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकोले हतारिनुपर्ने आवश्यकता पनि देखिँदैन’ श्रोतले भन्यो ।

    बालेन समूहले भने कुलमानको प्रतीक्षामा रहेको बताएको छ भने रेशम चौधरी र सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको छ । मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar