नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस ३० गते आफ्नो ३१ औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। कोषले जारी गरेको प्रेस–नोटअनुसार साधारणसभा कोष भवन परिसरमा सम्पन्न हुनेछ।

    साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँटसम्बन्धी हिसाब विवरण प्रस्तुत गरी छलफल गरिनेछ। साथै, सो अवधिका लागि छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ।

    त्यसैगरी, साधारणसभाबाट सेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक चयन गर्न निर्वाचन प्रक्रिया पनि सम्पन्न हुने कार्यतालिका रहेको कोषले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar