रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनाले मात्रै मतदानमा भाग लिएका थिएनन् ।

    झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar