भिभो X300 Pro नेपाली बजारमा सार्वजनिक

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ल्याइएको यस स्मार्टफोनमा अत्याधुनिक जाइस (ZEISS) क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटिएको छ।

    भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्प फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध हुनेछ। यसको मूल्य १,७९,९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    यस स्मार्टफोनको मुख्य आकर्षण जाइससँगको सहकार्यमा विकास गरिएको व्यावसायिक इमेजिङ सिस्टम हो। एक्स३०० प्रोमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसनमार्फत टाढाका दृश्यहरूलाई पनि स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ। साथै, एलवाईटी–८२८ सेन्सरसहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेराले उज्यालो र कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ।

    क्यामेरा क्षमतालाई थप सशक्त बनाउन यसमा प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ। यसले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट प्रदर्शन, २०× लङ–रेन्ज मोसन स्न्यापसट तथा टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचरहरू प्रदान गर्छ। साथै, ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामेराले ठूलो फ्रेम कभरेजसहित प्राकृतिक सेल्फी अनुभव दिन्छ।

    भिभो एक्स ३०० प्रोमार्फत नेपालमा ओरिजिन ओएस ६ को पनि सुरुवात गरिएको छ। उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनद्वारा सञ्चालित यस अपरेटिङ सिस्टमले सहज प्रयोग, छिटो प्रतिक्रिया र स्मार्ट फिचरहरू उपलब्ध गराउने कम्पनीको दाबी छ।

    डिजाइन र पावरको हिसाबले, एक्स ३०० प्रोमा जाइस मास्टर कलर डिस्प्ले, ८ टी एलटीपीओ टेक्नोलोजी र अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ। डाइमेन्सिटी ९५०० प्रोसेसरद्वारा सञ्चालित यस स्मार्टफोनमा ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज र ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा रहेको छ।

    साथै, आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २.० ले यस स्मार्टफोनलाई थप मजबुत र सुरक्षित बनाएको छ। भिभोका अनुसार, एक्स ३०० प्रो नेपाली प्रयोगकर्ताका लागि क्यामेरा, परफर्मेन्स र डिजाइनको उत्कृष्ट संयोजन भएको सम्पूर्ण फ्ल्यागशिप स्मार्टफोन हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar