नेपाल लाइफ इन्स्योरेन्सको २१.०५% लाभांश घोषणा

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    इन्स्योरेन्सको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    लाभांशको विभाजन निम्नअनुसार रहेको छ:-

    बोनस शेयर: ५ प्रतिशत

    नगद लाभांश: १६.०५ प्रतिशत (कर प्रयोजनका लागि समेत)

    यसरी कम्पनीले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar