आज अन्तर्राष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • कालिका खवर
  • बिहिबार, मंसिर १८, २०८२
  • काठमाडौं । आज अन्तर्राष्ट्रिय बैंक दिवस मनाइँदैछ । बिहीबार बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

    यो दिवसले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar