३२औं वार्षिकोत्सवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा देशव्यापी रक्तदान, स्वास्थ्य शिविर र कर्मचारी सम्मान

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा देशभर विशेष कार्यक्रमहरू सम्पन्न गरेको छ। संस्थाले सबै प्रदेशमा आयोजना गरेको रक्तदान कार्यक्रममा कुल २६१ जनाले रक्तदान गरेका छन्।

    बागमती प्रदेशमा ४७, लुम्बिनीमा ६०, गण्डकीमा ३९, कोशीमा ५३, मधेशमा २२ र सुदूरपश्चिममा ४० जनाले रक्तदान सहभागिता जनाएका छन्। संस्थाले रक्तदान अभियानले स्वास्थ्य संस्थाहरूलाई आवश्यक रक्त सञ्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    यसै अवसरमा, संस्थाको केन्द्रीय कार्यालयमा एक दिने आँखा तथा कान स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो। स्वास्थ्य शिविरमा कर्मचारी र बाह्य सहभागी गरी १२८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराए। विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रारम्भिक परामर्शदेखि आवश्यक स्वास्थ्य सिफारिससम्म प्रदान गरेको छ। स्वास्थ्य परीक्षणले कर्मचारी कल्याण तथा स्वास्थ्यप्रतिको संस्थाको प्रतिबद्धता झनै मजबुत बनेको जनाएको छ।

    त्यसैगरी, संस्थामा १५ वर्षभन्दा बढी सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय तथा शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू रहेका छन्।

    बागमती शाखाले पनि २५ जना दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको छ। सम्मानित कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक अञ्जु श्रेष्ठले ३२ वर्षको यात्रामा संस्थाले समाजप्रतिको दायित्वलाई निरन्तर प्राथमिकता दिँदै आएको बताए। उनले रक्तदान, स्वास्थ्य परीक्षण तथा सामुदायिक सेवामार्फत आगामी दिनमा पनि समाजमा प्रत्यक्ष योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar