महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

  • कालिका खवर
  • सोमवार, जेष्ठ २५, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ ।

    यही जेठ १७ गते आइतबारदेखि जेठ २० गते बुधबार (चार दिन)सम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

    प्रतियोगितामा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंकहरु, ३ वित्त कम्पनीहरु, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनीहरु र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै, प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत शुक्रबार सम्पन्न भएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियो । साथै, सहविजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई उपविजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको थियो ।

    प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट किपर सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंकका मोहनकुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यले जित्न सफल भए । साथै, फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले जित्न सफल भएको थियो ।

    बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँचका सम्पूर्ण प्रायोजकहरु, सहभागी सम्पूर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति/संस्थाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar