शिक्षकबाट सफल बीमा अभिकर्ता बनी ममता मिश्रले बालबालिकाको भविष्य सुरक्षित बनाइरहेकी छिन्

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ। चितवन खैरेनीटारकी ममता मिश्र प्रारम्भमा शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी विद्यालयमा वर्षौँ पढाइन्, तर शिक्षण पेशामा पारिश्रमिक सन्तोषजनक थिएन। दिदि कविता न्यौपानेको सल्लाहअनुसार उनी बीमा अभिकर्ता बनेकी छन् र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च सफलता प्राप्त गरेकी छन्।

    ममता आफ्ना विद्यार्थीको अभिभावकसँग भेटघाट गरेर ‘मेरो मुटु जीवन बीमा’ लगायत साना–साना प्रिमियमका बीमा पोलिसी बिक्री गर्छिन्। उनका अनुसार बीमा केवल बचत नभई भविष्य सुरक्षित गर्ने उपाय हो। विद्यार्थी र अभिभावकसँगको विश्वासकै कारण उनी सानिमा रिलायन्समा निरन्तर दोस्रो शीर्ष अभिकर्ता रहिरहेकी छिन्।

    २०७७ सालदेखि निरन्तर सफलतापूर्वक काम गर्दै आएकी ममता दिनमा ६–७ परिवारको बीमा गन्ती पूरा गर्छिन्। उनी बीमा गराउन घर–घर पुग्छिन् र अभिभावक दुवैलाई प्रक्रिया बुझाएर मात्र पोलिसी जारी गर्छिन्।

    साधारण जीवनशैली, परिवारको समर्थन र विद्यार्थी–अभिभावकसँगको भरोसाले ममतालाई सफल बनाएको छ। उनको लक्ष्य एक हजारभन्दा बढी बालबालिकालाई बीमाको दायरामा ल्याउनु हो र जीवनभर यस पेशामा समर्पित रहनु हो। ममता मिश्रको यो यात्राले समुदायमा वित्तीय सचेतना फैलाउने र परिवारको भविष्य सुरक्षित गर्ने प्रेरणा प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar