नागरिक लगानी कोषको खुद नाफा पहिलो त्रैमासमा ४.४३ प्रतिशतले बढ्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा ४.४३ प्रतिशतले वृद्धि भएको छ। कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ रहेको थियो।

    असोज मसान्तसम्म कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशत घटेर ९ करोड ७२ लाख १२ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च २४.२३ प्रतिशत घटेर ११ करोड ७९ लाख ७४ हजार रुपैयाँ कायम भएको छ।

    यता कम्पनीको कुल आम्दानी ३.९० प्रतिशत बढेर ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेर ४२ करोड ७४ लाख ३३ हजार रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी सामान्य घटेर १९ रुपैयाँ ४० पैसा कायम भएको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।

    कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar