नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।

    कम्पनीको १०० प्रतिशतले हुन आउने ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर आज बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब लगानीकर्ताले यी शेयर आफ्नो डिम्याट खातामा प्राप्त गरेपछि खरिद बिक्री गर्न सक्नेछन् ।

    बरुण हाइड्रोपावरले यो हकप्रद शेयर असार ३१ गतेदेखि निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई जेठ ६ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar