नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । नेपाल बैंक लिमिटेड र दराज नेपालबीच बैंकका ग्राहकहरूलाई अनलाइन खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    उक्त सम्झौता भोलि अर्थात् कात्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म लागू हुने छ । सम्झौता पत्रमा नेपाल बैंकका तर्फबाट निम्मित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका छन् ।

    नेपाल बैंकले निरन्तर डिजिटल नवप्रवर्तनमा जोड दिँदै आएको र ग्राहकहरूको डिजिटल संलग्नता बढाउन ई–कमर्स प्लेटफर्महरूसँगको साझेदारीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    सम्झौताअनुसार, नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्म र क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट पाउने छन् ।

    छुट प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सेवा सक्रिय गर्नुपर्नेछ, जसका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताइएको छ । साथै, बैंकले इच्छुक ग्राहकहरूलाई क्रेडिट कार्डका लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar