लापसे गरी सार्वजनिक सवारी चलाउने ५ जना चालक पक्राउ

  • कालिका खवर
  • शनिबार, कार्तिक २२, २०८२
  • काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा शुक्रबार लागुपदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्ने चालकहरूमा मकवानपुरको सोनाम सिंह घिसिङ, काठमाडौँका सुमन रुपाखेती, रौतहट घर भई हाल बल्खु बस्ने बिकि ठाकुर हजाम, काभ्रेपलान्चोक घर भई फर्पिङ बस्ने अनिल मोक्तान र सुनसरी घर भई कीर्तिपुर बस्ने रंजित कुमार कुशुहवा रहेका छन्। उनीहरूलाई थप आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ।

    यात्रु बोक्ने संवेदनशील सार्वजनिक सवारी साधनका चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु नियमविपरीत र दण्डनीय कार्य हो। यसले चालकको मात्र नभई यात्रुहरूको जीवन पनि जोखिममा पार्ने ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar