अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उनले बताए ।

    शारीरिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताए । “विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित अध्यापन हुने गर्छ, तर अपाङ्गमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उनले भने ।

    बुधबार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताए । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताए । उक्त विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिकालाई छात्रवासमा राखेर अध्यापन गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar