लागुऔषधसहित सिनामंगलबाट एकजना पक्राउ

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • काठमाडौँ । काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार छन् ।

    ४० वर्षीय परियारको साथबाट १२ वटा पोलनको डल्ला, नुफ्रिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar