जेनजी नेताहरू गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा

  • कालिका खवर
  • बिहिबार, अशोज १६, २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनसँग आवद्ध नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा स्पष्ट समर्थन जनाएका छन् ।

    उनीहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशीता र अर्थपूर्ण सहभागिताको अवधारणालाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    विज्ञप्तिमा देशको राजनीतिक प्रणालीलाई सबल, समावेशी र जनमुखी बनाउन सबै शक्तिहरूबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, जनताको अधिकार सुनिश्चित गर्दै सामाजिक न्याय र समानताको दिशामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar