अझै खुलेन नारायणगढ–मुग्लिन सडक, यात्रुहरू अलपत्र

  • कालिका खवर
  • आइतवार, अशोज ५, २०८२
  • चितवन, ५ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो ।

    शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडकखण्ड बन्द भएको थियो । बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar