कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।

    बालसुधार केन्द्र सराङकोटबाट फरार भएका चार तथा चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका एक/एक जना बन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डे जानकारी दिए । पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्ट र केहीलाई घरबाट नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका केहीलाई सम्बन्धित कारागारमा पठाएको जनाउँदै प्रहरी नायब उपरीक्षक पाण्डेले केहीलाई बागलुङमा राखिएको बताए ।

    उनका अनुसार पक्राउ परेका चार कैदी र चार जना थुनुवा छन् । उनले भने, ‘जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका छन्, फरार भएकाहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ, अहिले पक्राउ परेका आठमध्ये छ जना जबर्जस्ती करणी र दुई जना ज्यान मुद्धाका आरोपी हुन्, निजहरूलाई सम्बन्धित कारगारमा पठाइरहेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar