प्रधानमन्त्री शाह र सेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले यो भेटवार्ता नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको नेपाली सेनाले जनाएको छ ।

    भेटका क्रममा प्रधानसेनापति सिग्देलले भोटेकोशी बाढीपछि नेपाली सेनाले निरन्तर चलाइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसैगरी, उनले गत भदौ ३१ देखि असोज ३ गतेसम्म भएको आफ्नो चीन भ्रमणका विषयमा पनि प्रधानमन्त्री शाहलाई अवगत गराए।

    संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न मङ्गलबार अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका प्रधानमन्त्री शाहको वैदेशिक भ्रमणअघि भएको यो भेटलाई नियमित तर महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar