विद्युतमा लगाइएको भ्याट फिर्ता गर्ने पहल स्वागतयोग्य : राजेन्द्र मल्ल

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने सरकारको पहल स्वागतयोग्य रहेको नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्।

    नागरिक न्यूजमा प्रकाशित समाचारलाई उद्धृत गर्दै मल्लले विद्युतमा लगाइएको भ्याट फिर्ता गर्ने विषयमा सरकारले अघि बढाएको पहल सकारात्मक रहेको बताएका हुन्। उनले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले यस विषयमा आफ्नो अडान कायम राख्दै निरन्तर पहल गरेकोमा धन्यवाद तथा बधाईसमेत दिएका छन्।

    मल्लले विद्युतमा लगाइएको भ्याट फिर्ता गर्ने निर्णय कार्यान्वयनमा आएमा आम उपभोक्ता, उद्योग तथा व्यवसायको विद्युत् लागत घटाउन सहयोग पुग्ने बताएका छन्। विद्युतको लागत घट्दा उद्योग तथा व्यवसायको सञ्चालन खर्चमा समेत राहत पुग्ने उनको भनाइ छ।

    उनले विद्युत लागतमा कमी आउँदा विद्युतको खपत बढाउनसमेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। विद्युत् खपत बढेसँगै औद्योगिक तथा व्यावसायिक गतिविधिमा समेत थप सहजता आउने उनको भनाइ छ।

    मल्लले विद्युतमा करको भार घटाउने सरकारको पहललाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar