जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • चितवन, २९ भदौ। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।”

    कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् । कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले बताउनुभयो । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् । करिब ५० जना सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar