कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेता छलफलमा, संसद बैठकका लागि आग्रह गर्ने

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौं । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे प्रतिनिधिसभाका युवा नेताहरूले संयुक्त छलफल थालेका छन्। संविधानविरोधी गतिविधि बढ्दै गएको भन्दै संसद बैठक आह्वान गर्ने तयारी स्वरूप छलफल अघि बढाइएको माओवादी सांसद राजन दाहालले जानकारी दिएका छन्।

    उनले भने, “अहिले देश अफ्ठेरोमा छ। त्यसैले निकास दिनका लागि युवा नेताहरूले अग्रसर हुनुपर्छ भनेर छलफल थालेका हौँ। जेनजी आन्दोलन चलिरहेको बेलामा शीर्ष नेताहरूको विज्ञप्ति भन्दा हाम्रो पहल बढी प्रभावकारी हुन्छ भनेर हामी जुटेका हौँ।”

    संयुक्त छलफलमा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीका माधव सापकोटा र राजन दाहाल तथा रास्वपाका शिशिर खनाल सहभागी रहेको बताइएको छ। उनीहरूले संसद बैठक आह्वानका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar