गगनले मागे प्रधानमन्त्रीको राजीनामा

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्।

    थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ‘अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य’ आफ्नो आँखा अगाडि घुमिरहेको उल्लेख गरेका छन्। उनले कांग्रेस अब एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारको रूपमा रहन नसक्ने बताएका छन्। उनले पार्टीको बैठकबाट सरकारबाट फिर्ता हुने निर्णय गराउन आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    उनले लेखेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिङ्गो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar