अछाममा दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

  • कालिका खवर
  • बिहिबार, भदौ १९, २०८२
  • अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ।  उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ।

    ‘यो घटना संवेदनशील छ, त्यसकारण किशोरीहरूको नाम, ठेगाना भन्न मिल्दैन, घटनाबारे बिहान ९ बजे स्थानीयले देखेपछि जानकारी दिए, त्यहाँको प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुगेको छ, जिल्लाको टोली पुग्दैछ’ खनालले भने । घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar