नेपाल प्रवेश गर्ने विदेशी नागरिक अब अनिवार्य निगरानीमा रहने

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । अब नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको गतिविधि राज्यको निगरानीमा रहने भएको छ । अध्यागमन विभागले विदेशी नागरिकको आगमन, बसोबास र गतिविधि नियमन गर्न ‘दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्ने तयारी गरेको हो ।

    विभागका अनुसार आगामी असोज १ गतेदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा यो प्रणाली अनिवार्य रूपमा लागू हुनेछ । दोस्रो चरणमा मंसिर १ बाट यसलाई सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेन्जर लगायतमा विस्तार गरिनेछ ।

    अध्यागमन विभागले जनाएको छ कि यो प्रणालीले विदेशी नागरिकहरूको बसोबास अभिलेख राख्ने, आपत्कालीन अवस्थामा उद्धार कार्य सहज बनाउने र सम्भावित अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको सुरक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि विदेशी नागरिकको गतिविधि निगरानीमा रहन जरुरी छ ।”

    साथै, विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थाहरूलाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन अनुरोध गरिएको छ । अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन समिति सक्रिय बनाइने विभागले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar