आईएमई लाइफ इन्स्योरेन्स र ग्राण्डि हस्पिटलबीच समझदारी, बीमितलाई उपचारमा १० प्रतिशत छुट

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डि हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौता अनुसार अबदेखि कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

    साथै, ग्राण्डि हस्पिटलले प्रदान गर्ने विभिन्न वेलनेस प्याकेजमा समेत आईएमई लाइफका ग्राहक, अभिकर्ता र कर्मचारीहरूले विशेष सहुलियत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    छुट सुविधा लिन बीमितहरूले कम्पनीको मोबाइल एप ‘IME LIFE Mobile App’ मा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ। अभिकर्ता र कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेर उक्त सुविधा उपभोग गर्न सक्नेछन्।

    कम्पनीको विश्वास छ, यस समझदारीले बीमित र कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar