यातायात व्यवसायीको आन्दोलन ; पृथ्वीचोकमा स्कुटरमाथि तोडफोड

  • कालिका खवर
  • आइतवार, साउन १३, २०८१
  • पोखरा ।  राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प  ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।

    आन्दोलनरत पक्षले पत्रकार र अन्य सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरिरहेका छन् । पत्रकार बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् । नजिकै प्रहरी भए पनि नियन्त्रण गर्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar