देश बनाउने हो भने शिक्षामा लगानी गरौं : गुरुङ

  • कालिका खवर
  • आइतवार, बैशाख ६, २०८३
  • काठमाडौं । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले देश बनाउने हो भने शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
    श्री बम बहादुर घलेल आधारभूत विद्यालय घलेल, कास्कीको ६३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले यस्तो बताउनु भएको हो । गुरुङले गाउँघरतिर अहिले विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको गुनासो आउने तथा कम विद्यार्थी भएको कारणले नजिता नराम्रो आउने भाष्य निर्माण भइरहेको भन्दै उहाँले जति कम विद्यार्थी भयो उति राम्रो नजिता आउनु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो ‘हामी खेती लगाउछौं, खेती लगाउदा बिउ जति बाक्लो हुन्छ, खेती त्यति नराम्रो हुन्छ र बिउ जति पातलो हुन्छ फसल उति नै राम्रो हुन्छ, पातलो बिउ भएको ठाउँमा गोडमेल गर्न सजिलो हुन्छ, जसका कारण फसल राम्रो आउछ । त्यस्तै विद्यार्थी थोरै भएको विद्यालयमा अध्यापनमा बढी मेहनत गर्न पाइन्छ र नजिता राम्रो आउछ ।’ अध्यक्ष गुरुङले देश बनाउन शिक्षा क्षेत्रलाई राम्रो बनाउनु पर्ने बताउनु भयो । गुरुङले भन्नु भयो ‘विद्यार्थी जीवनबाटै राम्रो संस्कार, शिक्षा हासिल गर्न सक्यो भने उ भोलि देशको योग्य नागरिक बन्छ र देशका लागि सकारात्मक सोचसहित योगदान गर्दछ ।’
    वरिष्ठ समाजसेवी गुरुङले सोही विद्यालयमा आफ्नी सासूआमा शिरकुमारी गुरूङको नाममा राखिएको ५ लाख अक्षयकोष स्थापना गर्नु भएको छ । कार्यक्रममा ५ लाख अक्षयकोषको छात्रबृत्ति गुरुङकै हातबाट प्रदान गरियो । साथै संस्कार समाज नेपालको तर्फबाट विद्यालयलाई केही डस्टबिनहरुसमेत प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar