टेकस्पायर कर्पोरेट टि-१० : आईसिएफ्सी फाइनान्स, क्लाउड फ्याक्ट्री र एनसेलको जित

  • कालिका खवर
  • मङ्लबार, बैशाख १५, २०८३
  • ललितपुर (गोदावरी) – टेकस्पायर कर्पोरेट टि-१० क्रिकेट प्रतियोगिता को तेस्रो दिनको पहिलो खेलमा आईसिएफ्सी फाइनान्सले रोमाञ्चक जित दर्ता गरेको छ। सिप्रडी विरुद्ध खेलिएको उक्त खेलमा आईसिएफ्सी फाइनान्सले ३ विकेटले जित हात पारेको हो।

    पहिले ब्याटिङ गरेको सिप्रडी ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। टोलीका लागि शैलेन्द्र नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रन बनाए भने निराजन केसीले अविजित ३६ रन थपे। युगेश न्यौपानेले ३२ रनको योगदान दिए।

    १३८ रनको लक्ष्य पछ्याएको आईसिएफ्सी फाइनान्सले ९।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि सुरज तिमल्सिनाले शानदार ब्याटिङ गर्दै अविजित ७३ रन बनाए, जुन जितको मुख्य आधार बन्यो। साथै सुभाष भण्डारीले १६ र अरविन्द रानाले ११ रनको योगदान दिए।
    यो जितसँगै आईसिएफ्सी फाइनान्सले प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेको छ। सिप्रडी भने प्रतियोगिता बाट बाहिरिएको छ।

    टेक्स्पायर कर्पोरेट टि-१० लिग अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा क्लाउड फ्याक्ट्रीले ३ विकेटले जित हात पारेको छ। अन्तिमसम्म तनावपूर्ण बनेको खेलमा क्लाउड फ्याक्ट्रीले लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन गर्दै जीत सुनिश्चित गर्‍यो।

    पहिले ब्याटिङ गरेको टेक्स्पायरले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो। टेक्स्पायरका लागि हृषभ पोखरेलले सर्वाधिक २० रन बनाए भने बिजय बाबु रेग्मीले १३ रनको योगदान दिए। अतिरिक्त रनबाट पनि टोलीले राम्रो सहयोग पायो।

    ७० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले ७।५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। चन्द्र गुरुङले महत्वपूर्ण १७ रन बनाए भने सुबोध धुंगेलले तीव्र गतिमा १३ रन जोड्दै टोलीलाई जिततर्फ अघि बढाए। अन्त्यतिर रतिश श्रेष्ठ र बिराज काफ्ले नटआउट रहँदै जित सुरक्षित गरे।

    बलिङतर्फ टेक्स्पायरका बलरहरूले प्रयास गरे पनि अन्तिम समयमा दबाब सम्हाल्न नसक्दा खेल क्लाउड फ्याक्ट्रीको पक्षमा गयो। यस जितसँगै क्लाउड फ्याक्ट्री सेमिफाइनलमा प्रवेश गरेको छ भने टेक्स्पायर लिग बाट बाहिरिएको छ।

    टेक्स्पायर प्रस्तुत कर्पोरेट टि-१० लिग अन्तर्गत मंगलबार भएको तेस्रो खेलमा एनसेलले सुबिसु विरुद्ध ३ विकेटको जित हात पारेको छ। अन्तिम ओभरसम्म पुगेको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

    पहिले ब्याटिङ गरेको सुबिसुले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको थियो। सुबिसुका लागि दमन चन्दले अविजित ३५ रनको उत्कृष्ट पारी खेले भने विवेक कुमार यादवले १६ रनको योगदान दिए।

    ८४ रनको लक्ष्य पछ्याएको एनसेलका लागि समाज पौडेलले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ३७ रन बनाए। साथै सौरभ शाहले २५ रन जोड्दै टोलीलाई जिततर्फ अघि बढाए।
    यस जितसँगै एनसेल सेमिफाइनलमा प्रवेश गरेको छ । सुबिसुले पनि सेमीफाईनलको स्थान पक्का गरेको छ । सेमीफाईनल र फाईनल खेल बुधबार हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar