विजय र सुस्मिताले थाउलो विश्वकप खेल्दै, पदक जित्ने सभावना

  • कालिका खवर
  • शनिबार, चैत्र २८, २०८२
  • ललितपुर – चीनको हाईकोयुमा आगामी जुलाईमा हुने उसुको चौथौ थाउलो विश्वकपमा लागि २ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ४ देखि ९ तारिखसम्म हुने विश्वकपका लागि थाउलोको चेन्सु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङ छनौट भएका हुन् ।

    गत सेप्टेम्बरमा ब्राजिलको ब्रासिलिया शहरमा सम्पन्न १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा गरेको प्रर्दशनका आधारमा विजय र सुस्मिताले थाउलो विश्वकपमा स्थान बनाएको नेपाल उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले जानकारी दिए । सो प्रतियोगितामा विजयले ९ दशमलब ७१० र सुस्मिताले ९ दशमलब ६७० अंक प्राप्त गरेका थिए ।

    उनका अनुसार नेपाली खेलाडी छनौट हुने सेप्टेम्बरमै पक्कापक्कि भएपनि औपचारिक रुपमा उसुको सर्वोच्च निकाय आइडब्लुयुएफबाट महासंघलाई इमेल मार्फत पत्र आएपछि औपचारिक रुपमा नेपाली खेलाडीले विश्वकपमा स्थान बनाएका हुन् । प्रतिस्पर्धामा शिर्ष ८ भित्र प्रवेश गर्ने खेलाडीले विश्वकपमा स्थान बनाएका छन् ।
    विजयले सेप्टेम्बरमा भएको विश्व उसु च्याम्पियनसीपमा ऐतिहासिक प्रर्दशन गरेका थिए ।

    सो प्रतियोगितामा नेपाली उसु खेलाडी विजयले पदक जित्न नसकेपनि अहिलेसम्मकै उत्कृष्ट अंक बटुल्दै सहभागी खेलाडीमा छैटौँ स्थानमा आउन सफल भएका थिए । विजयले यसअघी जापानको योकोहामामा सन् २०२४ मा सम्पन्न तेस्रो उसु थाउलु विश्वकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल भई नेपाल सरकारबाट नगद ६५लाख प्राप्त गरेका थिए।

    गत सेप्टेम्बरमा ब्राजिलमा खेल्न गएका अन्य खेलाडिहरु दिपक हमाल र निमा घर्ति मगर पनि रहेका थिए । दिपक र निमा दुबै शिर्ष आठ भित्र अटाउन सकेका थिएनन् । दिपकले नानकुन विधामा ९ दशमलब ५३६ र नान ताउमा ९ दशमलब २६६ अंक पाउँदा निमा घर्तीमगरले नानकुनमा विधामा ८ दशमलब ७४० र नानताउमा ८ दशमलव ६५० अंक प्राप्त गरेकी थिइन् ।

    पश्चिम एशियामा भइरहेको तनाबका कारण इरान , इजरायल लगायतका देशले नखेल्ने संभावना हुनसक्ने भएकाले वाइल्डकार्ड मार्फत दिपकले खेल्ने संभावना बन्न सक्ने महासचिव लाक्पा छिरिङले बताए । उनी शिर्ष आठमा नपरेपनि त्यसआसपास रहेका थिए । तर निमा भने उसु च्याम्पियनसीपमा वरियतामा अलि तलै परेकाले उनको संभावना पनि समाप्त भएको छ । विश्वकपमा चीन, मलेसिया, ईन्डोनेशिया,जापान, हङकङ लगायतका देश शक्तिशाली रहेका छन् ।

    नेपाल उसु महासंघका सचिव एवं अन्र्तराष्ट्रिय प्रशिक्षक निकेश श्रेष्ठले विश्वकपमा नेपाली दुबै खेलाडीले विश्वकपमा राम्रो प्रर्दशन गर्दै पदक ल्याउने विश्वास ब्यक्त गरे । उनले गत सेप्टेम्बरमा विजयले ल्याएको सो अंक उसु खेलको इतिहासमै ऐतिहाँसिक भएको बताए ।उनले सुस्मीताको प्रर्दशन पनि लोभलाग्दो रहेकाले पदकको संभावना रहेको बताए । विश्वकप छनौट भएकाले विजय र सुस्मिता दुबैका लागि यो विश्वकप सहभागिताले २०२६ सेप्टेम्बरमा जापानमा हुने एशियाली खेलकुदका लागि राम्रो परिणाम दिने उनले प्रतिक्रिया दिए ।

    विजय र सुस्मिताको प्रर्दशन

    १७ औं विश्व उसु च्याम्पियनसिपमा विजयले उसु थाउलोको पुरुष चेन्सु विधामा ९ दशमलब ७१० अंक प्राप्त गर्न सफल भएका थिए । सो विधामा विश्वभरबाट आएका ३५ खेलाडी सहभागी थिए । मलेसियाले स्वर्ण , मकाउले रजत र हङकङले काँस्य पदक जिते । स्वर्ण विजेता मलेसियन खेलाडीले ९ दशमलब ७४६ अंक बटुलेका थिए । विजय स्वर्ण विजेता खेलाडीबाट ० दशमलब ०३६ अंक ले पछि परेका थिए । सो अंक सहित शिर्ष ६ मा पर्न सफल भएसँगै विजयको अन्र्तराष्टिय उसु महासंघ आईडब्लुएफले आयोजना गर्ने मुख्य प्रतियोगिताहरुमा छनोट हुने संभावना बलियो बनेको थियो ।
    यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउन सफल भएका थिए । त्यत्तिबेला उनले चेन्सु विधामा ९ दशमल ६३६ अंक ल्याउँदै काँस्य पदक जितेका थिए । विजयले ब्राजिलमा ल्याएको अंक गत वर्षको थाउलो विश्वकपको भन्दा ० दशममलब ७४ अंकले बढेको हो ।
    १७ औं विश्व उसु च्याम्पियनसिपमा सुस्मीता तामाङलाई पनि ऐतिहासिक अंक प्राप्त भएको थियो । महिलातर्फ थाउलोको ताउसु विधामा सुस्मीताले ९ दशमलव ७०६ अंक पाइन् । जुन नेपाली महिला खेलाडीले पाएको दुर्लभ अंक हो ।

    महासंघका महासचिव लाक्पा छिरीङको नेतृत्वमा बोर्ड सदस्य दिपक लामा सहित ४ खेलाडीले ब्राजिलमा सहभागीता जनाएका थिए ।

    विजय र सुस्मिताको प्रशिक्षण

    विश्वकपमा छनौट भएका दुबै जना खेलाडीले जापानमा हुने एशियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाउँदैछन् । विजय अहिले न्युजरल्याडको एन जेड उसु ऐकेडेमीमा बैदेशिक प्रशिक्षणमा रहेका छन् । सुस्मिता तामाङका लागी नेपाल ओलम्पिक कमिटिले एशियाली खेलकुदका लागि मासिक ५० हजारकोे छात्रबृति प्रदान गरेको छ। साथै उनी पनी चाँडै बैदेशिक प्रशिक्षणमा चीन जाने तयारी भइरहेको नेपाल उसु महासंघले जनाएको छ । यी दुबै खेलाडि १३ औ साग खेलकुदका स्वर्णपदक बिजेता खेलाडिहरु हुन् । दुबै खेलाडि एकदमै मेहेनति र प्रतिभाशाली भएकाले यस पटक पनी विश्वकपमा नेपाल पदकको दाबेदारी टिम रहने अन्तराष्ट्रिय उसु प्रशिक्षक निकेस श्रेष्ठले बताए ।

    विश्वकपमा चीनकै दबदबा

    सन् २०१६ मा चीनको फुजियानमा भएको पहिलो संस्करणमा आयोजक चीन विजेता तथा हङकङ उपविजेता भएको थियो । त्यसपछि सन् २०१८ मा म्यानमारको याङ्गुनमा भएको दोस्रो संस्करणमा हङकङ पहिलो तथा चीन दोस्रो भए । सन् २०२४ मा याकोहामा जापानमा भएको तेस्रो संस्करणको थाउलो विश्वकपमा चीन पहिलो तथा जापान दोस्रो भए । सो विश्वकपमा ८ देशले स्वर्ण पदक जित्दा १५ देशले पदकमा नाम लेखाए । २९ देश सहभागी यो विश्वकपमा नेपालले पनि काँस्य पदक जितेको थियो ।

     

    नवीन लुईटेल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar