वीरगञ्जमा १५ किलो चरेशसहित दुई व्यक्ति पक्राउ

  • कालिका खवर
  • बुधबार, असार २७, २०८०
  • पर्सा पर्साको वीरगञ्जमा १५ किलो चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

    वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट इलाकाबाट सशस्त्र प्रहरीले आज अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

    पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रह्लाद माझीलाई बीआर२२एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा चरेश लुकाइछिपाइ नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar