२८ सय रुपैयाँले घट्यो सुनको मूल्य

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar