धौलीगंगाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सम्भावना; सतर्कता अपनाउन आग्रह

  • कालिका खवर
  • सोमवार, असार २५, २०८०
  • काठमाडौं । भारतको धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको छ । बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

    जिप्रकाका अनुसार भोलि बिहान ५ देखि बेलुका ८ बजेसम्म सिल्ट सफाइको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिने धौलीगंगा पावर स्टेसनले जानकारी गराएको छ ।

    भोलि बिहान ५ देखि बेलुका ८ बजेसम्म र त्यसपछि समेत महाकालीमा जल स्तर बढ्नसक्ने सम्भावना रहेको जिप्रका दार्चुलाले जनाएको छ । महाकालीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिप्रकाले आग्रह गरेको छ ।

    धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्सातका बेला हरेक वर्ष खोल्ने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।

    वि.सं. २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलिँदा दार्चुला सदरमुकामका १०० भन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar