विवादबीच गृहमन्त्री सुधन गुरुङले राजीनामा नदिने, सरकारको समर्थन कायमै

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । अपारदर्शी स्रोत र आम्दानीसँग सम्बन्धित विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा नदिने निर्णय गरेका छन्। आइतबारदेखि सार्वजनिक रूपमा उठेका आरोपपछि चौतर्फी दबाबका बीच उनले पद नछाड्ने निष्कर्षमा पुगेका हुन्।
    स्रोतका अनुसार गुरुङले रवि लामिछाने सँग तीनपटकभन्दा बढी भेटवार्ता गरेका थिए। साथै उनले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह लाई स्पष्टीकरण बुझाएका थिए। त्यसपछि सरकारको स्थायित्वलाई ध्यानमा राख्दै उनलाई नहटाउने निष्कर्षमा शीर्ष नेतृत्व पुगेको बताइएको छ।

    बार्बरा फाउन्डेसन र जंगी अड्डाको समर्थनसमेत गुरुङलाई रहेको बताइन्छ। उनलाई हटाउँदा सरकार नै अस्थिर हुने जोखिम देखिएपछि नेतृत्वले उनलाई निरन्तरता दिने निर्णय गरेको स्रोतको दाबी छ। त्यसपछि गुरुङले सामाजिक सञ्जालमार्फत आफू अझ आत्मविश्वासका साथ अगाडि बढ्ने बताएका छन्।

    यसैबीच गृहमन्त्री गुरुङले प्रहरी प्रमुख दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सहितका उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन्। मंगलबार मन्त्रालयमा भएको बैठकमा ठूला प्रकरणका फाइलहरू खोल्दै उच्च तहका व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाउने तयारी गरिएको जनाइएको छ।
    आफूमाथि लागेका आरोपहरूलाई उनले “मिडिया ट्रायल” र “प्रायोजित हल्ला” भन्दै खण्डन गरेका छन्। उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कारबाही नरोकिने स्पष्ट पार्दै आफ्नो अभियानलाई निरन्तरता दिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar