विशेष महाधिवेशनलाई केदार कार्कीको समर्थन, शेखर कोइरालाको रणनीतिमा धक्का

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीको विशेष महाधिवेशनको खुलेर समर्थन गरेका छन्।

    डा. शेखर कोइरालासँग नजिक मानिने कार्कीको यस अडानपछि मोरङ क्षेत्र नम्बर ६ लाई विशेष महाधिवेशनबाट अलग राख्ने प्रयास सफल हुन नसकेको देखिएको हो ।

    कार्कीले आइतबार सामाजिक सञ्जालमार्फत देश र पार्टीका लागि विशेष महाधिवेशन आवश्यक रहेको धारणा सार्वजनिक गरेपछि कोइराला पक्षलाई आफ्नै क्षेत्रमा चुनौती उत्पन्न भएको छ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशन हाल काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ, जसमा बहुमत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar