विश्वप्रकाश शर्माद्वारा राष्ट्रियसभा उम्मेदवार छान्ने पार्टी बैठक बहिस्कार

  • कालिका खवर
  • बुधबार, पुस २३, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री शर्माले मंगलबार र बुधबार बसेको बैठक बहिस्कार गरेका हुन् ।

    उनले उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै बहिस्कार गर्ने जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गराएका बताए ।  उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०र४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने शर्माले कार्यवाहक सभापति खड्कालाई बताएका थिए ।

    मंगलबार र बुधबारको बैठकमा सहभागी एक पदाधिकारीले शर्मा बैठकमा सहभागी नभएको जानकारी दिए कांग्रेसले पार्टीभित्र भागबण्डाको आधारमा उम्मेदवार टुंग्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar