विपद् व्यवस्थापनसम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ गर्दै रास्वपा

  • कालिका खवर
  • शुक्रबार, बैशाख २५, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

    पार्टीको ‘पार्टी संसद–सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।

    पार्टीको ‘पार्टी–सांसद–सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो । मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।

    आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा दिउँसो ३ देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूपदेव शाहले जानकारी दिए ।

    कार्यक्रमलाई अर्थपूर्ण रुपमा सम्पन्न गर्न पार्टीका सबै केन्द्रीय विभागका प्रमुख प्रतिनिधिलाई सहभागी हुन पार्टीले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar